पोलिक्लिनिकमा तालाबन्दी


इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ । यहाँको ‘विराट पाथिभरा अस्पताल’ को वोर्ड राखेर सञ्चालन गरेको पोलिक्लिनिकमा अनुगमन टोलीलिे तालाबन्दी गरेको हो । उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो । दर्ता नगरी गैह्र कानूनी तरिकाले अस्पतालको रुपमा सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरिएको उपमेयर गौतमले जानकारी दिनु भयो । उक्त पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरु पनि वरामद गरिएको उहाँले बताउनुभयो । टोलीले इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रालि, कलस फार्मेसीलगायतमाअनुगमन गरेको थियो । केही फार्मेसी तथा मेडिकलमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपुरक समाग्री बेच्न राखिएको पाइएको उपमेयर गौतमले जानकारी दिनुभयो । उनीहरुलाई स्पष्टिकरण सोधिएको छ । उपमहानगरको सक्रीयतामा एक सातादेखि बजार अनुगमन तीव्र पारिएको छ । —

प्रतिक्रिया दिनुहोस  
गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग

दमौली, १७ साउन (रासस) : कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द 

पाँचथर, १७ साउन (रासस) : कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले

चोरिएको मोटरसाइकलसहित तीन पक्राउ

काठमाडौँ, १७ साउन (रासस) : महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ

उद्योग थपिँदै रोजगारी बढ्दै 

परासी, १७ साउन (रासस) ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक वर्षका अवधिमा दुई हजार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई