राजदेवी मन्दिरमा खोइँछ भर्ने विधि शुरू


कोरोना जोखिमलाई दृष्टिगत प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक नारीहरूले द्वितीय तिथिदेखि नै देवी दुर्गा भवानीको खोइँछ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । समान्यतः वडादशैंको अष्टमीका दिन मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै यो विधि चलन छ तर कारोना सङ्क्रमणको जोखिम भएकाले द्वितीय तिथिदेखि नै सो विधि शुरू गरिएको हो । नवरात्र शुरूभएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो धान, दुबो, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गर्ने परम्परा छ । प्राध्यापक परमेश्वर कापडीले खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, खुख, आरोग्य र जन्म धन्य हुने विश्वास राख्ने गरेको बताउनुभयो । खोंइछलाई जनभाषामा खोंइछा पनि भनिन्छ । खोंइछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य हो, जसलाई बाँधिएमा खोंइछ र खोलेमा आँचल हुने गरेको छ । । खौंइछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ जसको अर्थ ईश्वरको अनुकम्पा सधैं रहिरहने र बैसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिने परम्परागत मान्यता छ । मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती वा एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि खोइछ भर्ने प्रचलन छ । यो विधि कुल देवता र देवीको मन्दिरमा गरिन्छ । कुल देवता र देवीको मन्दिरमा खोंइछ भर्नुको अर्थ कुल देवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु गर्नु हो । खोंइछ भर्ने प्रचलन अनादिकाल देखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोंइछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट विदाइ गर्ने बेलामा आमाले आँचलभर खोंइछ भरी विदा गरेको र छोरीको घरमा अन्नपूर्णाको वास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ । RSS

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई