नेपाल र भारतको चार्टड एकाउन्टेन्ट्स संस्था बिच आपसी मान्यता सम्झौतामा हस्ताक्षर हुँदै


नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था र भारतिय चार्टड एकाउन्टेन्स संस्था बिचमा आपसी मान्यता सम्झौतामा हस्ताक्षर हुने भएको छ।

यो सम्झौता पत्रमा हस्ताक्षर पछि एक संस्थाबाट उर्तिण चार्टड एकाउन्टेन्ट (सिए) लाई अर्को संस्थाले मान्यता दिनेछ। अब भारतको चार्टड एकाउन्टेन्ट्स संस्थाबाट उर्तिण सिएले नेपालको चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्य बन्न दुई बिषयको परिक्षामा उर्तिण गर्नु पर्नेछ।

यस अघि भारतको चार्टड चार्टड एकाउन्टेन्ट्स संस्थाबाट उर्तिण सिएले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्य बन्नको लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्यको मताहतमा अनिवार्य रुपमा एक बर्षको तालिम (आर्टिकलसिप) लिनु पर्ने व्यवस्था थियो । जसलाई भारतबाट उर्तिण सिएहरुले अपमानजनक व्यवस्थाको रुपमा हेर्ने गरेका थिए। यो व्यवस्था भएसगै दुई संस्थाका सिए बिचमा समान हैसियत कायम हुनेछ।

तर अडिटको क्षेत्रमा काम गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य सिएको माताहातमा एक बर्ष अनिवार्य तालिम लिनुपर्ने व्यवस्था यथावत रहेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस