बसमा अचानक आगो लागेपछी

नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा एक रहेको ग्यारेजमा मर्मत गरिरहेका ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बसमा आज आगो लागेको छ ।
आगोलाई अग्नि नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भएर नियन्त्रणमा लिएका छन । आगोले बस पूर्ण रुपमा क्षति भएको बताइएको छ ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण भने नखुलेको स्थानीय वडा प्रहरी कार्यालयले जनाएको छ ।