निशान छापमा रहेकाे नक्सालाई विवादमा तान्न खाेजिएकाेप्रति गंभीर ध्यानाकर्षण


 

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने बताउनुभएको छ । नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्शामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजिएको जनाउनुभएको छ । उहाँले आज जारी गर्नुभएको प्रेस नोटमा लिम्पियाधुरासहितको नेपालको नक्शा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्शाको औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो र तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको स्मरण गराइएको छ । “अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु” ,नोटमा भनिएको छ ।

 

प्रेस नाेट
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंकाे उपलक्षमा ट्वीट गर्नुभएकाे शुभकामनामा प्रयाेग भएकाे निशान छापमा रहेकाे नक्सालाई विवादमा तान्न खाेजिएकाेप्रति गंभीर ध्यानाकर्षण भएकाे छ ।
नक्साकाे सानाे आकार प्रयाेग गर्दा यस्ताे हुनु स्वभाविक हाे । यस तथ्यलाई केही ठूलाे आकारकाे साेही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखाेजेर नक्साकाे राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यकाे आधारमा सत्यकाे नजिक पुग्नसमेत अाग्रह गर्दछु ।
लिम्पियाधुरासहितकाे नेपालकाे नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साकाे आैपचारिक प्रयाेगका लागि संसदकाे सर्वसम्मतिमा संविधान संशाेधन नै गरिएकाे हाे । तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन ।
अहिले यस विषयमा याेजनबद्द रूपमा सिर्जना गर्न खाेजिएकाे भ्रम अनुचित छ । त्यस्ताे कुनै भ्रम र कुप्रचारकाे अन्याेलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुराेध गर्न चाहन्छु ।
सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
७ कात्तिक २०७७
प्रतिक्रिया दिनुहोस