राष्ट्रका लागि दुई घण्टा स्वयंसेवाः भष्मेश्वर अझै फोहर


बडादशैँको मुख्य दिनमध्येको महाष्टमीमा पनि काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान रोकिएन । महाभियानको ३८९ औँ हप्तामा पशुपतिनाथ र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विगतभन्दा सफा भेटिएको उहाँले सुनाउनुभयो । भष्मेश्वरघाट क्षेत्रमा भने सफाइमा ध्यान दिनुपर्ने देखिएको जनाइएको छ । शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरियो । अभियानकर्मी प्रिया लामिछानेका छोरा युशुनको जन्मदिनका अवसरमा समी र कपुरको बिरुवासमेत रोपिएको डा पौडेलले सुनाउनुभयो । यसैगरी गुह्येश्वरीमाथि गोकर्णेश्वर नगरपालिकाको डौढिकस्थित हनुमान वाटिका क्षेत्रमा सफाइ गरिएको छ । बडादशैँका बेलामा समेत उल्लेख्य रुपमा अभियानकर्मीको सहभागिता थियो । यसैगरी रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ । विसं २०७२ जेठ ५ गतेदेखि शुरु भएको महाभियान चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि जारी छ । कोरोना भाइरसको संक्रमणबाट बच्न गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका बीच पनि वाग्मतीलगायत नदी किनारको नजिकै निवास भएका अभियानकर्मीले सफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन् । नदी किनारभन्दा टाढा बस्ने अभियानकर्मीले भने टोल सफाइ गर्दै अभियानलाई निरन्तरता दिएका छन् । महाभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभरका मुख्य शहर गरी १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । प्रत्येक हप्ता शनिबार बिहान ७ देखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सफाइ अभियान जारी छ ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई