बडादशैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन


बडादशैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन । कोरोना सङ्क्रमणका कारणले सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन् । थारु समुदायमा नवमी धुमधाम मनाइन्छ ।

सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ । थारु समुदायमा दशँैं आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुमरा नाच नाच्ने गरिन्थ्यो तर यसपालि कोभिड –१९ का कारण कुनै पनि नाच हुन सकेनन् । झुमरा नाच र दशँैंविशेष विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएन, गाउँघर सुनसान छ । नवमीको दिन बिहानै कुल देवतालाई भेरवा (कुपिण्डोबाट बनाएको भेंडा ) र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ ” । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन् । नवमीका दिन थारु युवकयुवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन् । घोराही १७ कर्जाहीका पूर्ण चौधरी भन्नुहुन्छ, “परम्परागत चाड दशैँमा अरु समुदायभन्दा थारु समुदायको फरक हुन्थ्यो । यो नाचले दशैँको रौनकलाई अझ बढाउँथ्यो ।” प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दशैंँको गरिमालाई समेत बढाएको हुन्छ । घोराही उपमहानगरपालिका– १० का थारु अगुवा धनीराम चौधरी भन्नुहुन्छ, “यसपालिको दशैंँमा कोभिड –१९ को महामारीका कारण पूरै गाउँ नै सुनसान छ । घटस्थापनाका दिनदेखि थारु बस्तीमा झनै रमाइलो हुन्थ्यो । थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो हुन्थ्यो ।” उनीहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् । थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दशैँमा गाउने गरिन्छ । सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसंँगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दशैंँमा दाङका थारु बस्तीमा मादल पनि बजेनन्, नाचगान पनि भएन र गाउँघर सुनसान भएको छ । चार वर्षदेखि सखिया नाच नाच्दै आउनुभएका घोराही–४ गोग्लीकी अनिता चौधरी यसपालि नाच्न नपाउँदा खिन्न हुनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोनाका कारण यसपालि घरमै बस्ने निर्णय ग¥यौँ, अर्काे साल सबै साथीहरु जम्मा भएर नाच्ने, रमाइलो गर्ने छौँ ।”

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई