प्रदेशसभा बैठकमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलद्धारा राजधानीसम्बन्धी प्रस्ताव पेश


प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ । काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच राजधानीको विषयलाई चाँडै टुङ्गो लगाउने सम्बन्धमा सहमति भएपछि संसद्मा रहेको अवरोध हटाउँदै प्रदेश ३ को स्थायी राजधानीको प्रक्रिया शुरु गरिएको हो । सहमतिपछि आजदेखि नै स्थायी राजधानीका लागि प्रक्रियासमेत शुरु गरिएको छ । प्रदेशको राजधानीको विषय आज प्रदेशसभामा पेश भएको छ । प्रदेशसभा बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएको प्रदेशसभाले जनाएको छ । नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावलाई नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गर्नुभयो । प्रदेशसभाको बैठक बुधबारका लागि पुनःबोलाइएको प्रदशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई