नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध कायम राख्न सक्ने नेता कोही भए केपी ओली र केवल केपी ओली मात्रै हो : कुसुम ज्ञावली


गोयल भ्रमणबारे रबिन्द्रमिश्र र रविन्द्रमिश्रहरुलाई ११ यक्ष प्रश्न-
१. कूटनीतिक मामिलामा बाहिर रहेर सस्तो मिडियाबाजी गर्ने व्यक्ति भन्दा सरकारले आन्तरिक कुरा धेरै थाहा पाएको हुन्छ । भ्रमणबारे पहिल्यै जानकारी कसलाई दिने ?मिश्रलाई ? वा कथित मिडियाबाजीका सौदागरलाई ? गोयलसँगको भेटपछि जानकारी प्रम कार्यालयले नै दिएको हैन ? प्रमकार्यालयले जानकारी नदिएको भए कहाँबाट थाहा हुन्थ्यो? भेटेरै पनि ढाँट्नेहरु पनि छन् नी छेवैमा, त्यसका ठाउँमा प्रम कार्यालयले नागरिकलाई जानकारी दिनु लोकतान्त्रिक उत्तरदायित्व बहन गरेको हो कि होइन ? अरुले जसरी झूट बोले प्रमले? प्रमले साँचो बोलेकोमा धन्यवाद दिनुपर्ने होइन? झुटको प्रचार गर्दागर्दा झुठनै प्रिय लाग्न थाल्यो मिश्रजी तपाईलाई? यही हो तपाईको बैकल्पिक राजनीति?
२. सम्बन्ध सामान्यीकरण गरी नयाँ ठाउँमा लैजाने प्रयासस्वरूप भारतीय प्रमले कसलाई प्रतिनिधि पठाउने भन्ने कुरा भारतको विषय हो । नेपालका प्रम र भारतीय प्रमबीच संवाद भएर पछिल्लो आइसब्रेक भएको हो र फेरिपनि दुई नेताबीच वा अन्य तहमा वार्ता हुन्छ । एउटा वार्तालाई समग्र वार्ताको शृंखलाबाट अलग गरेर निकालिएको निष्कर्ष गलत छ । समस्याको समाधान प्रधानमन्त्री तहबाटै आउने कुरामा कुनै द्विविधा छैन । अपुरो र एकपाखे विश्लेषणले एकछिन अलमलमा पारेर दुषित राजनीति गर्नु हुने विषय हो यो कुटनैतिक सम्बन्ध? कुटनैतिक सम्बन्ध विकासको जटिल प्रकृया यति सहज हुदो हो त ६० बर्ष अड्केर निल्नु न ओकेल्नु भएर बस्थ्यो?
३. प्रधानमन्त्रीले विभिन्न देशका राजदूत र प्रतिनिधिलाई भेट्ने चलन छ । त्यसो गर्दा प्रमलाई राजदूतको तहमा झरेको भन्न मिल्छ ? ओहोदाको प्रमाणपत्र लिदा राष्ट्रपति राजदूत सरह भएको ठहरिन्छ?प्रमले विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग भेट्ने चलन छ, त्यसो गर्दा व्यापारीको तहमा झरेको भन्न मिल्छ ? नेपालका राजदूत निलाम्बर आचार्यले हालै अजित दोभलसंग भेट गर्नुभो । त्यसको अर्थ आचार्यको हैसियत सुरक्षा सल्लाहकार सरह भएको भन्न मिल्ने हो ? कति अबुझ प्रश्न गरेको ? लाउकेहरूले बुझ्नुपर्यो ‘कोर्टसी कल’को अर्थ ! यस्तो फितलो राजनैतिक चेतका कारण जनताले बिश्वास नगरेको कुरो बेलैमा बुझ्नुहोस्, जिम्मेबार नेता बन्नोस्, लोकतन्त्रको सौदर्य बृद्दी गर्ने मुलुकलाई विषय प्रसंग र समयको गुरुत्व बुझ्ने ‘काम लाग्ने’ पार्टीले पनि हो।कि हल्लाखोरे भ्रम वितरकले हो?
४. नेपालका प्रधानमन्त्रीले चाहेको जो कोहीलाई विशेष प्रतिनिधि बनाएर पठाउन सकिन्छ, कसलाई पठाउदा बढी प्रभावकारी हुन्छ र उद्देश्य प्राप्ति हुन्छ भन्ने कुरा हेर्ने कि नहेर्ने? यसमा रबीन्द्र मिश्र र मिश्रहरु जस्ता हल्लाखोरहरूले काल्पनिक प्रश्न गर्नुको तुक छैन। कालिजको सिकारखेल्न झ्यालीपिट्दै गएर सफल भईदैन। कि भईन्छ?
५. परराष्ट्र मन्त्रीले जानकारी छ भनेपछि कुन परराष्ट्र मन्त्रालयको कुरा हो रबीन्द्र मिश्रको? कि रविन्द्र जीले तोकेका खानेपानीका खरदारलाई पनि जानकारी दिनुपर्ने हो? परराष्ट्रमन्त्री र प्रधनामन्त्रीबीच समन्वय भएपछि बाँकी के रह्यो ? किन यस्तो कुतर्कको खेतिपाती गर्नुहुन्छ मिश्रजी? तपाईलाई फेरि जनतामा जानूपर्छ किन बोध सम्म देखिदैन ब्यबहारमा?
६. परराष्ट्रमन्त्री र प्रमले चाहेको जिम्मेवार व्यक्ति बस्ने हो कुनैपनि उच्चस्तरीय बैठकमा । प्रधानमन्त्रीय पद्धतिमा परराष्ट्रमन्त्री पनि प्रमकै मातहत हो कि होइन ? प्रम कार्यालयले प्रेस नोट जारी गरेको संस्थागत स्मृतिकै लागि हो । त्यसैले संस्थागत स्मृति भएन भन्ने कुरा झन् खोटयुक्त देखिन्छ । परराष्ट्र मन्त्रालय भन्दा अझ माथिल्लो निकाय प्रम सचिवालयले नै स्मृतिमा राखेको कुराको कथित विरोध सस्तो राजनीति मात्र पुष्टि हुन्छ !
७. परराष्ट्रमन्त्री छन् कि छैनन् भन्ने प्रश्न गर्नेले प्रश्नचाहिं परराष्ट्रमन्त्रीलाई सोधेको रे ? फटाहाहरू ! आत्मसाक्षी राखेर भन्नुस् त विगतमा मुलुकको सीमा र भुमिको हकदावीको प्रेशनोट सम्म लेख्ने परराष्ट्र अरु थिए? ब्युझनुस् मिश्रजी ब्युँझनुस्, त्यो मुलुकको पक्षमा बोल्ने परराष्ट्र मन्त्रीको रिक्तता हिजो हो आज छैन!
८. केही दिनपछि भारतीय सेनाध्यक्ष पनि आउँदैछन् । त्यसपछि विदेश सचिव स्तरमा वार्ता हुने तयारी छ । विस्तारै सामान्य हुन लागेको नेपाल-भारत सम्बन्ध र समाधान खोजिन थालेको सीमा विवादलाई बिगार्ने कि सपार्ने ? परिणाम चाहिएको होकि होईन? समाधान चाहिएको होकी होईन? बैकल्पिक राजनीति भनेको परिणाममुखी हो कि हल्लाखोरमुखी बल्ल उदाङ्गिदैछ।
९. बिराटनगरमा रहेको भारतीय चेकपोस्ट हटाउने केपी ओली, सिमानामा पांच हजार प्रहरी रहेकोमा थप २० हजार सेना खटाउने ओली, १५० सीमा चौकी थप्ने केपी ओली, छांग्रुको बाटो बनाउने केपी ओली, चीनसँग नयाँ बाटो खोल्ने केपी ओली ! अनि के को भ्रमको खेति पाति हो रविन्द्रजी? कसकालागि भ्रम छर्ने र कुटनैतिक वातावरण विगार्ने काम गरिरहनु भएको छ तपाईले?
१०.हिजो संविधान बनाउँदा मधेसलाई काश्मीर बनाउनुपर्छ भन्नेहरू आज केपी ओलीसंग राष्ट्रियताको सर्टिफिकेट खोजिरहेका छन् ! लाज लाग्छ देख्नेलाई आज ? हिजो राजाको हण्डी खाएर त्यही र को चीफसँग सत्ता जोगाइदिन अनुनय गर्नेहरू आज ओलीसंग राष्ट्रवादको सर्टिफिकेट खोज्ने ?? मिल्दैन ! सुहाउँदैन !
११. नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध कायम राख्न सक्ने नेता कोही भए केपी ओली र केवल केपी ओली मात्रै हो ! यो हिजो पनि थियो, भोलिपनि रहनेछ ! मिश्रहरू मुख लुकाउन तयार भएर बसे हुन्छ! कुसुम ज्ञावली
प्रतिक्रिया दिनुहोस