संसदमा प्रेस सम्बन्धी विधेयक पेश भएको छैन, कागले कान लग्यो भन्दैमा कागको पछाडि नदर्गुनुस् : मन्त्री बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा पेश भएको भनिएको प्रेससम्बन्धी विधेयक नभएको बताउनुभएको छ । हेटौँडामा डिजास्टर रिकभरी केन्द्रको उद्घाटनमा उहाँले उक्त विधेयक छलफलका लागि मात्र तयार गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले पत्रकारलाई कागले कान लग्यो भन्दैमा कागको पछाडि नदर्गुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रमको खेती गर्नु राम्रो होइन र त्यो टिक्दैन, पत्रकारले जे सत्य हो त्यही लेख्नुपर्छ ।” उहाँले अन्य राष्ट्रका सञ्चारप्रणाली र नीति अध्ययन गरेर कानून बनाइने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र नरहने भएकाले प्रजातान्त्रिक देश नेपालमा प्रेस स्वतन्त्रता हनन् भयो भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ प्रेस स्वतन्त्रता हुन्न, त्यहाँ लोकतन्त्र हुन्न, अनि लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन् भयो भनेर कराउन पर्ने अवस्था कहाँबाट आयो ?” नेपालमा पूर्ण प्रेस स्वतन्त्रतता रहेको बताउँदै उहाँले अन्य मुलुकमा स्वतन्त्रता मात्र छ तर नेपालमा पूर्ण रुपमा स्वतन्त्रतता छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले पहिलाको भन्दा प्रेस स्वतन्तता सुरक्षित र गर्विलो रहेको बताउनुभयो । उहाँले मिडिया हाउसको जग आर्थिक रुपले बलियो हुनुपर्ने र पत्रकारले काम गरेपछि ज्याला पाउनुपर्ने जिकिर गर्नुभयो । नेपालमा मिडियामा हुने विदेशी लगानी बन्द गरिने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले मिडियामा गरिने लगानी तरकारीको कारोवार जस्तो होइन भन्नुभयो । उहाँले सिंहदरबारमा मात्र रहेको डाटा सेन्टरलाई क्रमिक रुपमा अन्य प्रदेशमा पनि स्थापना गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई