पूर्वप्रम भट्टराई र लेखक खगेन्द्र संग्रौला बीच ट्विटरमा जुहारी


 

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल्ससँग डा. बाबुराम भट्टराईको भेटको चर्चा व्यापक बनेपछि डा.भट्टराई र लेखक खगेन्द्र संग्रौला वीच ट्विटरमा जुहारी चलेको छ ।

लेखक  संग्रौलाले बुधबार बिहान ट्विटरबाट ट्विट गर्दै ‘डा.बाबुराम भट्टराई “रअ” प्रमुख सामन्त गाेयल्सलाई सुटुक्क भेट्ने,सामन्त गाेयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क काेराेना भाइरस सल्काउने! अनि यता बाबुराम अाइसाेलसनमा,उता सामन्त अाइसाेलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हाे,दिमागैमा भाइरस सल्काए कि भन्ने अाशंकाले पाे सतायाे!’भनेपछी ट्विटरमा जुहारी चलेको हो ।

त्यसको लगतै डा. भट्टराईले ‘खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय,बुद्धि/विवेकको के अपेक्षा गर्नु?भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?’ ट्विटरमा जवाफ फर्काउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई