ठुला मिडियामा पत्रकार रित्तिदै


दिनदिनै ठूला लगानीको अनलाइन आइरहँदा काठमाडौंका स्थापित सञ्चारगृह कसरी रित्तिदै छन, यतातिर चिन्ता नगर्ने हो भने अब मिडिया हाउसहरू पत्रकार बिहिन बन्ने दिन नआउला भन्न सकिन्न।

कान्तिपुर दैनिकमै हरिबहादुर थापाले छाडेपछि सम्पादक राख्न पत्रकार भेटिएको छैन, समाचार सम्पादक हुन दौडधुप गरेकाहरू नै कान्तिपुर छाडने मनस्थितिमा पुगेका छन् । राम्रो रिपोटिङ गरिरहेका मकर श्रेष्ठको तलब पांच हजार रुपैया बढाउन नसक्ने भन्दै नारायण वाग्ले टक्टकिए पछि कान्तिपुर छाडेर एक लाख रुपैया पाइने कम्पनीमा गएका छन् । कान्तिपुरकै साप्ताहिक नरेन्द्र रौलेले छाडे । भिषा काफ्लेले राजीनामा दिएका छन् । सम्पादक सुवाष ढकाल , मुकुन्द बोगटी र कृष्ण भट्टराईलाई ३२ पृष्ठको पत्रिका कसरी निकाल्ने भन्ने पिरलो छ । नयाँ पत्रकार ४५ हजार रुपैयाँभन्दा कम्तीमा आउन मानेका छैनन् , आएकाहरूले पत्रिका निकाल्न र प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन । हरेक मंगलवार कैलाश सिरोहियालाई भेट्ने गरेका नेपालका सम्पादकबाहेक अरु प्रकाशनमा सम्पादककै खोजी भइरहेको चर्चा छ ।

नागरिक दैनिकमा तलब नपाएको तिन महिना भयो भन्दै पत्रकारहरू पार्ट टाइम कामको खोजीमा जुटेका छन । वैशाख ११ गते देखि सम्पादक हुन पाइने आश्वासनमा पुगेका राजाराम गौतम अनलाइन र युट्यवमै थिन्किएका छन । नागरिकबाट अर्थ ब्युरोका सबै पत्रकार हिडेपछि अर्थ पृष्ठ जिल्लाको समाचार तानेर भर्नु भन्दै सम्पादक गुणराज लुइटेल कराउन थालेका छन् । जिल्ला ब्युरो प्रमुख छत्र कार्कीले पनि राजीनामा दिएका छन । प्रकाश तिमल्सिना , विष्णु बेल्बासे, विष्णु तामाङलगायतका राम्रा पत्रकार नागरिकबाट बाहिरिएका छन् । बालकृष्ण ज्ञवाली पनि असारपछि निस्कने मुडमा पुगेका छन् । दुई सम्पादकको टसलमा यतिखेर राजाराम कमजोर भएको र कुनै पनि बेला बाहिरिन सक्ने भन्दै नागरिकका पत्रकारहरू मालिक विनोदराज ज्ञवालीको मोबाइल खर्चमा कुरा काटिरहेका हुन्छन् ।

ठूला टेलिभिजनहरू अवस्था पनि राम्रो छैन। एपिवान, न्युज २४, एभिन्युजमा पनि तलब रोकिन थालेपछि पत्रकारहरू धमाधम नयाँ अनलाइनमा रमाउन थालेका छन् । एभिन्युजमा सिकारु समाचारवाचक भरिपूर्ण भएका छन् । अन्नपूर्ण पोष्टले समाचार सम्पादक दिदाँ पनि रमाउन नसकेका सुन्दर खनाल नेपाल न्युन डटकमको सम्पादक भएका छन् । अनलाइन हुदै पत्रिकाको रिपोटिङमा पठाइएका ज्ञानेन्न खड्का अजय सुमार्गीको थाहाखबरमा पुगेका छन् । एबिसी टेलिभिजनमा दशक बिताएका डण्ड गुरुङले राम्रा पत्रकार भेला पारेर नागरिक खबर डटकम शुरु गरेका छन् । कान्तिपुरकै भवनमा फ्लाट लिएर उजिर मगर पनि अनलाइन चलाउने तयारीमा छन् र राम्रा पत्रकार तान्ने तयारीमा दैनिक संवाद बढाइ रहेका छन्।

यता, विभिन्न व्यापारीको पैसा मागेर चलाइएको प्राइम टेलिभिजनमा पनि दीपक खड्का र टेन्सवर्ग वियरका मालिक तेजेन्द्र खड्काको पैसा फिर्ता गर्न अध्यक्ष ऋषि धमलालाई संकट परेको छ। मंसिर महिनमा सबै कर्मचारीको तलव ५ हजार रुपैयाँ बढाएकोमा माघमा फरि ३ महिना सहयोग गर भन्दै सबैको तलब ५ हजार रुपैयाँ घटाइएपछि अरु टिभी छाडेर आएका पत्रकार तनावमा परेका छन् ।

थाहा टिभीमा समाचार प्रमुख पाइन्छ भनेर लामो समय तीर्थ कोइरालासँग बसेका अर्जुन खड्का प्राइम टिभीमा गएका छन। तर स्टेशन संकटमा छ। जेठ १५ गने देखि प्रशारणमा आउन लागेको यो हो टेलिभिजनमा पनि भनेजस्तो पत्रकार पाइएको छैन। अध्यक्ष काजी शेर्पाले समाचार प्रमुख बनाएका सम थापा पत्रकार तान्न हरेक टिभी स्टेशन र अनलाइनमा प्रयास गरिरहेका छन । (उमेश थापा, जनअास्था साप्ताहिक)


प्रतिक्रिया दिनुहोस  
मदन भण्डारीको मार्मिक स्टाट्स ! झन्डै मरिएन

“झन्डै मरियन टाउको ,घाँटी,काटिन,हात छिन्न बाट बचियो र बाँचियो” धेरै विद्यार्थी साथिहरुलाइ बचाइयोपनी। २०७९ पौष

एमाले अध्यक्ष ओलीलाई एमाले शुभचिन्तकको मार्मिक पत्र

आखिर किन एकनाथ र भट्टचन??? कमरेड श्री केपी शर्मा ओली, मंसिर ४ गते सम्पन्न प्रतिनिधि

मेरा वितेका दिनहरू

म त जन्मेको दिन देखि नै दुःखी रहेछु नि, ७ महिनामा जालो भित्र जन्मेको रे

विगत दुई वर्षमा जस्तै एक प्रकारको मिडिया कू झेलेर ढाड थपिरहने हो भने गठबन्धनको छैंठो दलचाहिँ एमालेका निम्ति भारी पर्ने निश्चित देखिन्छ

मिडिया म्यानेजमेन्टमा एमाले कमजोर देखियो । एमालेभन्दा झन्डै डेढ दशकपछि खुला राजनीतिमा आएको माओवादीले बरू

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई