नौमतीबाजा सहितको उद्यान निर्माण शुरु


कास्की, २४ चैत (रासस)ः विभिन्न उत्सव, चाडपर्व, शुभकार्य तथा सभासमारोहमा बजाइने नौमती बाजा प्रवद्र्धन गर्ने उद्देश्यले ती बाजाको ठूलो आकारको आकृतिसहित उद्यान निर्माण गर्ने भएको छ । स्थानीय पर्यटन प्रवद्र्धन समितिको पहलमा कास्की माछापुच्छ«े गाउँपालिका–६ धितालस्थित पोखरी डाँडामा सो उद्यान निर्माण शुरु गरेको समितिका अध्यक्ष सुनिल दाहालले बताउनुभयो । नेपाली मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजा तथा नौमतीबाजाको प्रचलन केही वर्षयता घट्दै गएपछि यसको प्रवद्र्धन गर्न दमाहा, सनही, नरसिंहा, कर्नाल, ढोलक र ट्याम्केको आकृति सहितको उद्यान निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षभित्रमै निर्माण सम्पन्न गर्ने गरी उद्यानको लागि जमीन समथर बनाउने र तामाको स्वरुपमा नौमती बाजाको आकृति निर्माणको काम भइरहेको समितिले जनाएको छ । “संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु १५ लाख बजेटबाट सो काम शुरु गरिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “नौमती बाजाको प्रयोग अहिले घट्दो छ । नयाँ पुस्ताले बाजा सुन्न त परै जाहोस् देख्न पनि पाएका छैनन् । त्यसैले सार्वजनिकस्थलमा राखेर भए पनि यसको प्रवद्र्धन गर्दै यसलाई पर्यटकीय गन्तव्य बनाउँछौँ” समितिले करीब २० रोपनी जमीनमा बाजासहितको उद्यान निर्माण गर्न लागेको हो । मर्दी हिमाल पदयात्रामार्गमा पर्ने यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने यस ठाउँबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न वडाको दृश्यावलोकन गर्न सकिन्छ । समितिका सचिव सोमनाथ ढुङ्गानाले बाजासहितको उद्यान निर्माणपछि पर्यटकको बसाइँ लम्बाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘पर्यटकका लागि प्रमुख गन्तव्य रहेको यस क्षेत्रमा यस्ता उद्यानको निर्माणले थप आकर्षित र आनन्दित बनाउने विश्वास लिएका छौं’, उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारले पनि आन्तरिक भ्रमण वर्षका अवसरमा होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणमा पूँजीगत अनुदान उपलव्ध गराएसँगै होमस्टेका लागि यहाँ रु ३० लाख बजेट विनियोजन भएको छ । ह्याङजाकोट, भेँडाबारी र मर्दीहिमाल सामूदायिक होमस्टेमा गरी यहाँका १०० घरमा घरवास सञ्चालित छ । अस्तामका १० घरमा पनि व्यक्तिगत रुपमा घरवास सञ्चालन गरिएको छ भने पर्यटकको सुविधाका लागि यहाँ घरवाससँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् । गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी दवाडीले गाउँपालिकाका सबै वडा तथा पोखरा महानगरपालिका र माछापुच्छ«े अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य रहेको यो ठाउँमा निर्माण गरिने उद्यानबाट पर्यटकको बसाइँ बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्र्नुभयो । गाउँपालिकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै उहाँले नयाँ÷नयाँ गन्तव्य पहिचान र पूर्वाधार निर्माणलाई चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । हेम्जाकोट, अस्ताम, धितालहुँदै मर्दी हिमालसम्म पर्यटन पदमार्ग निर्माणका लागि पनि गाउँपालिकाले योजना बनाएको उपप्रमुख दवाडीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस  
आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा

२०७८ माघ २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । वृष– यात्रामा

महाधिवेशनले एकताबद्ध एमालेको सन्देश दिनेछ ः अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, नेकपा एमाले

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य १०औं महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिने बताउनुहुन्छ । नेतृत्वले फराकिलो

स्वास्थ्य समस्याको कारण अध्यक्ष ओलिले राजनीतिक प्रस्ताव पुरै वाचन गर्न नसकेपछि पोखरेललाई जिम्मा

काठमाडौं  : नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई