विगत दुई वर्षमा बर्दियाको मधुवन नगरपालिमा बाघको आक्रमणबाट १० जनाको ज्यान गयो


मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न स्थानीय प्रशासन र जनप्रतिनिधि अग्रसर भएका छन् । बर्दियाको मधुवन नगरपालिका ३, भग्रैया क्षेत्रमा बाघले मान्छे मारेर हैरान गरेपछि मानव र वन्यजन्तु दुवैको संरक्षणमा चासो बढेको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बुधबार भएको सर्वपक्षीय बैठकमा यस विषयमा गम्भीर छलफल भएको छ । सो नगरका प्रमुख गणेशबहादुर क्षेत्रीले नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वनलाई आग्रह गर्दै आउनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बाघलाई छिट्टै नियन्त्रणमा लिने योजना रहेको जानकारी दिनुभयो । भग्रैयामा बुधबार बाघको आक्रमणमा परी २७ वर्षीय दिनेश थारू र २६ वर्षीय रमेश चौधरीको ज्यान गएको सहायक प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिनुभयो । गत दुई वर्षमा यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । यही कात्तिक ५ गते स्थानीय गङ्गा बुढालाई दशगजा नजिकै जङ्गलमा घाँस काट्न जाँदा पाटे बाघले आक्रमण गरी मृत बनाएको थियो । —

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई