नेपालमा विगत २४ घण्टामा ९ हजार २७९ पिसिआर परिक्षण गरिएको २ हजार ५०८ जनामा कोरोना पुष्टि


 

नेपालमा विगत २४ घण्टामा ९ हजार २७९ पिसिआर परिक्षण गरिएको २ हजार ५०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ५०८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ७० हजार ७४३ जनामा कोरोना संक्रमण भएका छन । कोरोनाका कारण गएको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार शनिबार थप २ हजार २६४ जना संक्रमित निको भएर भएका छन् ।

प्रतिक्रिया दिनुहोस