पार्टीले वैचारिक दिशा लिन नसक्ने हो भने हाँसको चाल न कुखुराको चाल हुन्छ : नेकपा नेता पोखरेल


काठमाडौँ : नेकपाका सचिवालय सदस्य तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले वैचारिक दिशा लिन नसक्ने हो भने हाँसको चाल न कुखुराको चाल हुन्छ भन्ने बताएका छन् ।
युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन उनले उक्त कुरा बताएका हुन ।


उनले विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै नेतृत्वको चर्को आलोचना गर्दै उनले भने ‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन । त्यसपछि दुर्भाग्य हुनेछ’
उनले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै पार्टीको आचरणबारे जनताले बुझ्नेगरी धारणा बनाउनु पर्ने बताए । त्यसका लागि पार्टीमा युवा पुस्तालाई हस्तक्षेप गर्न सुझाव समेत दिए ।

अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निर्णायक जीत हासिल गर्न सक्दैन उनले भने ।
संसारका कम्युनिष्ट शासकहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । हाम्रो पार्टी त्यस्तो हुनुहुँदैन । त्यसका लागि नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस पोखरेलले भने ।

दुई कम्युनिष्ट पार्टी एक हुनु जनता र कार्यकर्ताको चाहाना आवश्यक्ता भएको वताउदै, त्यो चाहाना र आवश्यक्ता पुरा गर्न विचार, संगठन र नेतृत्वको स्पष्टता हुन जरुरी रहेको छ उनले भने ।
नेता पोखरेलले पार्टी तजबिजि हिसाबले होइन स्पष्ट कार्यदिशा र नीति सहित चलाउनु पर्ने समेत बताउदै, पार्टीलाई व्यबस्थित गर्नका लागि श्रृखलाबद्ध कमिटि प्रणाली अपनाउनु पर्छ ,नयाँ पार्टीमा पुरानो अभ्यासले निरन्तता पाए त्यसले पार्टीको दुगर्ति हुने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई