जब खुमलटार गुट भेलामा नारायणकाजीले ओली सरकार ढाल्ने प्रस्ताव राखे……


नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास स्थानमा भएको गुट भेलामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकार ढाल्ने प्रस्ताव राखेको पार्टी निकट स्रोतले पोष्टखबरलाई बताएको छ।

दाहाल निवासमा भएको उक्त भेलामा प्रवक्ता श्रेष्ठले कांग्रेससँग मिलेर केपी ओलीको नेतृत्वको सरकार ढाल्ने योजना सार्वजनिक गरेका थिए। नेकपाका २५ प्रतिशत संसदको हस्ताक्षर संकलन गरि संसदको विशेष अधिवेशनको माग गर्ने, विशेष अधिवेशनमा केपी ओली नेतृत्वको सरकारको विरुद्धमा अविस्वासको प्रस्ताव गर्ने र नेपाली कांग्रेसको सहयोगमा अविस्वासको प्रस्ताव पारित गर्ने योजनाको खाका प्रवक्ता श्रेष्ठले प्रस्तुत गरेका थिए।

गुट भेलामा सहभाग केहि सदस्यले श्रेष्ठको योजनामा असहमति जनाएपछि योजना हाललाई स्थागित राखिएको स्रोतले बताएको छ। उक्त भेलामा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, राम बहादुर थापा र नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस