‘सञ्चारमाध्यमभित्रको विकृति अन्त्य गर्न विधेयक’


प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले सञ्चारमाध्यमभित्र पछिल्लो समय मौलाएको विकृति अन्त्य गर्न मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याउनुपरेको बताउनुभएको छ । सञ्चारमाध्यमलाई कसरी बलियो र शक्तिशाली बनाउने भन्नेमा सरकार सचेत रहेको भन्दै उहाँले मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यममा रहेको बेथिति अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । दाङको घोराहीमा रहेको रेडियो मध्यमपश्चिमको १३औँ वार्षिकोत्सवका अवसरमा उहाँले स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रेसलाई बलियो बनाउन सरकार लागिपरेको बताउनुभयो । “मिडियालाई बलियो बनाउन राज्यले यो विधेयक ल्याएको हो, त्यसमा प्रेसलाई सङ्कुचनमा पार्ने कुनै बुँदाहरु छ्रैनन्”, उहाँले भन्नुभयो, “के प्रेसमा बेथिति छैन ? सञ्चारमाध्यममा रहेको बेथिति हटाउन के गर्ने ?” राज्य कमजोर भयो भने लोकतन्त्र अप्ठ्यारोमा पर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले जनता बलियो भएमात्रै राज्य बलियो र शक्तिशाली हुने बताउनुभयो । लोकतन्त्रप्राप्तिका लागि प्रेसले विगतमा खेलेको भूमिका अतुलनीय रहेकाले राज्यले प्रेस स्वतन्त्रतामा कुनै आँच नपु¥याउने गरी काम गर्ने बताउनुभयो । प्रदेशमा विकास र समृद्धिको आधार निर्माण हुन थालेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले सात वटा प्रदेशमध्ये प्रदेश नं ५ अग्रस्थानमा आउने गरी काम गरेको बताउनुभयो । उहाँले कानून निर्माण, आवधि योजना निर्माण, बजेट खर्च, कर्मचारी समायोजनमा सबैभन्दा अगाडि रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई