गलैँचा कारखानामा आगलागी, २ करोडको नोक्सानी
ललितपुर, २ जेष्ठ: ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा हिजो साँझ आगलागी भएको छ।
आगलागी भएको केही समयमा नै पाँच दमकल पुगेकाले उक्त आगलागी दुई घण्टामा नै नियन्त्रणमा आएकोले ठुलो क्षतिहुन बाट बचेको हो।
साँझ ७ बजेर ५० मिनेटबाट शुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको हो । आगलागीमा परि करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान रहेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले बताउनुभयो ।