अर्थमन्त्रीको निर्णयको विरुद्धमा आन्दोलन गर्ने मुद्रण व्यवसायीको चेतावनी


किताब आयातमा लगाइएको करलाई सरोकारवालासँग छलफल नै नगरि हटाएको भन्दै नेपाल मुद्रण व्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा छापिएर नेपाल आउने किताबका कारण स्वदेशी मुद्रण उद्योग धारासायी हुन लागेको भन्दै विदेशबाट आयात गरिने किताबमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए। तर अर्थमन्त्री विष्णु पौडलले उक्त निर्णयलाई उल्ट्याउदै किताब आयातमा लाग्दै गरेको भन्सार महशुल हटाएका छन। अर्थमन्त्री पौडेलको उक्त निर्णयलाई स्वदेशी लगानीका उद्योगधन्दा मास्ने कामको सुरुआत गरेको भन्दै महासंघले आपत्ती जनाएको छ।

“किताब आयातमा भन्सार लगाएपछि किताबहरु नेपालमै छापिन सुरु भएकोले कारणले गर्दा व्यवसायीले राहत महसुस गरेको थियो । तर, कच्चा पदार्थमा भन्सार र मुल्य अभिबृद्धि कर लगाउने तर तयारी बस्तुमा भन्सार छुट दिने निर्णय गरेर सरकारले स्वदेशमा उद्योग चलाएर हैन विदेशबाट आयात गरेर खाउ” भन्ने सन्देश दिएको मुद्रण व्यवसायीको गुनासो रहेको छ।

नयाँ अर्थमन्त्रीले सरोकारवालासँग छलफल नै नगरि सस्तो लोकप्रियता कमाउनको लागि अरबौंको स्वदेशी लगानी जोखिममा पारेको महासंघको बुझाई छ।

मुद्रण उद्योगमा करिब १२ अर्बको स्थिर पुँजी लगानी रहेको छ भने करिब २ लाख जनतालाई रोजगारी दिइ रहेको छ।

प्रतिक्रिया दिनुहोस