शनिबार सम्म पानी पर्ने


पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताउनुभयो । शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उहाँको भनाइ थियो । राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा समेत मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८.५ डिग्री सेल्सियस रहने छ । यसैगरी नेपालगञ्जको अधिक मत तापक्रम ४०.५ डिग्री सेल्सियस रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई