सावधान ! खानेकुराबाट २५० रोग लाग्न सक्छ


रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी खर्च बढाउने र खाद्य शृङ्खलाले अन्तर्राष्ट्रिय सीमासमेत पार गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने सुझाव दिइएको छ ।

खाद्यमा हुने अस्वच्छता हटाउन सरोकार पक्षलाई अभिप्रेरित गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित रुपमा काम गर्दै आएको छ । खाद्यमा हुने अस्वच्छताले सबैभन्दा बढी बालबालिका र वृद्धामा रोग लाग्ने गरेको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिनुभयो । खाद्य पदार्थलाई स्वच्छ बनाउन उत्पादक, वितरक, उद्यमी, निर्यातकर्तासमेतलाई सचेतना तालीम दिइएको छ ।

गत वर्ष यसै सम्बन्धमा ८७ र यस वर्ष अहिलेसम्मका अवधिमा २७ मुद्दा दर्ता भएको बताइएको छ । खानेकुराबाट लगभग २५० किसिमको रोग लाग्ने गरेकाले पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई