गैर कानुनी काम गर्नेदेखि सावधान !


कसैले चलेको कम्पनीको नाम लिएर कुनै काम गरिदिन्छु भन्यो भने तपाईंमा तत्कालै विश्वास गर्ने बानी त छैन ? यदी यस्तो गर्नुभएको भए सावधान हुनुहोस् र कुनै कम्पनीको कर्मचारी बनेर सेवा उपलब्ध गराउँछु भन्ने मान्छे यकिन नगरी उसलाई काम नदिनुहोस् ।

त्यस्ता व्यक्ति सम्बन्धित कम्पनीको कर्मचारी हो या होइन पहिले प्रष्ट भएर मात्र काम लगाउनुहोस् । नत्र ठगिन सक्नुहुन्छ । यस्तै घटना हालै काठमाडौँमा भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै एक व्यक्तिले झण्डै १५ जनालाई ठगेको फेला परेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले उक्त कम्पनीका पूर्वकर्मचारी काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ठमेल बस्ने १८ वर्षीय नीरज कुइँकेललाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । उनले सुशान्त ओझाको नामबाट ठगी गर्दै आएका थिए । कम्पनीको मोबाइल र परिचयपत्र दुरुपयोग गरेर काठमाडौँका विभिन्न स्थानमा गई इन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाइन काट्नेलगायत कार्य उनले गर्दै आएका थिए । यस्तो गतिविधिको सूचनाप्राप्त हुनासाथ टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई वसुन्धराबाट बुधबार पक्राउ गरी अनुसन्धान थालेको छ ।

गत माघदेखि काम छाडेका उनले सोही कम्पनीको कर्मचारी बनेर १५ भन्दा बढी पुराना ग्राहक र केही नयाँ ग्राहक बनाई रु ६५ हजार सङ्कलन गरेको अनुसन्धानमा खुलेको छ । अहिले महाशाखाले अदालतबाट म्याद थप गराएर उनीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले सक्कली सुन भनेर नक्कली सुन दिने सक्कली पैसा भनेर नक्कली पैसा दिने गिरोहसमेत सक्रिय भएकाले यसतर्फसमेत सचेत हुन सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई