मदनका विचारलाई पार्टीले छाड्दैन: प्रम ओली


–शरद शर्मा

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ ।

छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट गर्नुभयो । “मदन भण्डारीले अगाडि सारेको विचारले धारालाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता ? यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।” भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । “मदनको विचारलाई सूत्रका रुपमा घोक्ने, कण्ठ गर्ने होइन । हिजो मदन भण्डारीले जे जे भन्नुभयो, त्यही त्यही काम चल्छ भन्ने पनि होइन । समयानुकूल ढङ्गले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारले नै अन्त्यन्तै प्रतिकूल अवस्थामा कम्युनिष्ट आन्दोलनको रक्षा गरेको तथा कम्युनिष्टमाथिको सम्पूर्ण आलोचनालाई निस्तेज पारेको बताउनुभयो । उहाँले बिहीबार मात्र जनवर्गीय सङ्गठनको एकता गरिएको छ भन्दै पार्टी एकतालाई फराकिलो ढङ्गले लैजानुपर्नेमा जोड दिनुभयो । “यतिबेला चित्त सानो पारेर होइन, मन दुखाउने होइन । फराकिलो मनले पार्टी एकता र एकीकरणको भावनालाई मिलाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएको उल्लेख गर्दै त्यसलाई एक ठाउँमा अन्तरघुलित बनाउने थालिएको समेत स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई