पार्टी एकताका बाँकी काम केहि दिनमै पुरा हुने- प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका बाँकी रहेका काम केही दिन भित्रै सम्पन्न हुने जानकारी गराउँनु भयो।

छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले पार्टी एकतामा बाँकी रहेका विभिन्न गठन, विभागको कार्यविभाजन आदी केहि भित्रै पूरा हुने बताउनु भएको छ ।

अध्यक्ष ओलीले महान् आन्दोलनमा लागेकाले नेकपाका लागि परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पराजित प्रतिक्रियावादीले यथास्थितिलाई भत्काउन खोजेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “पराजित प्रक्रियावादीले सहजै पराजय स्वीकार गर्दैनन् । जनताको आन्दोलन र सफलता देख्न रुचाउँदैनन् । त्यसकारण उनीहरु यथास्थितिलाई भत्काउन खोज्दैछन् ।’’

उहाँले अनेक निराशा फैलाउने कोशिश भइरहेको छ भन्दै त्यस्ता निराशा कम्युनिष्टले राख्नु नपर्ने र निराश हुने अवस्थामा आउन नदिइने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सफलतापूर्वक सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको छ भन्दै कहीँकतै कमजोरी भएमा तिनलाई सच्चाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र लोककल्याणकारी राज्यका पक्षमा तथा तल्लो तहलाई कसरी माथि उठाउन सकिन्छ र रोजगारीको अवसर कसरी गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गदै पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र पर्यटनको विकास गरेर नेपाली अर्थतन्क्रलाई सबल र विकसित बनाइने दृढता व्यत्त गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टीभित्रका कुरालाई आवेशम नआई सार्वजनिक गर्न नहुने बताउँदै पार्टीभित्रका केही कमी र असजिलोपनलाई सच्याउँदै नमूना पार्टी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘‘अनुशासित पार्टीको रुपमा यस पार्टीलाई विकास गर्नुपर्दछ । हामीले आन्तरिक कुरा के हुन् र सार्वजनिक कुरा के हुन्, आवेशका कुरा के हुन्, यथार्थ कुरा के हुन्, तिनलाई छुट्टाएर काम गर्नुपर्छ ’’, उहाँले भन्नुभयो,‘‘ आक्रोशमा अनुचित कुरा अभिव्यक्त गर्नु हुँदैन । ती कुरालाई सार्वजनिक ढङ्गले दिन वाञ्छनीय हुँदैन । म सबै साथीलाई आग्रह गर्दछु । हामी आफूलाई सच्चाउने बाटोबाट मात्र अगाडि जान सक्छौँ ।’’

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई