सवारी साधनमा कर बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने


देशले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको कर वृद्धि तत्कालका लागि नबढाइनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गर्नुभएको छ ।अमेरिकाका व्यवसायिक साझेदार मुलुकहरूसँगको कुराकानीपछि ह्वाइट हाउसद्वारा जारी ट्रम्पको घोषणामा भनिएको छ, “व्यापार प्रतिनिधिले निर्णय र यसको नतिजाबारे आगामी १८० दिनभित्र जानकारी गराउनेछन्; त्यसपछि थप निर्णय लिइनेछ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले सवारी साधन (कार)मा थप २५ प्रतिशत दण्डजन्य करवृद्धिको घोषणा शनिबारसम्ममा गर्ने सिमारेखा तय गरेपछि अमेरिकासँग व्यवसायिक सहकार्य गर्दै आएको खासगरी यूरोपेली संघ (इयू) तथा जापान, मेक्सिको र क्यानडाले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले बदलामा अमेरिका निर्यात हुने मोटरसाइकल, सुन्तलाको रस, ह्वीस्की र नीलो जीन्स कपडामा भारी करवृद्धिको घोषणा गरिसकेका थिए । सवारी साधनको कारोबारमा विदेशी अस्वस्थ प्रतिस्पर्धाका कारण अमेरिकी गाडी कम्पनी क्षेत्रमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसमेत दावी गर्नुभएको छ ।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसद्वारा जारी प्रतिवेदनमा उहाँले अमेरिकाको शेयर बजार खुम्चिनुमा गाडीको कारोबारमा देखिएको हलचल जिम्मेवार रहेको र यसका कारण अमेरिकी सवारीसाधनको बजार अनुसन्धान, विकास र निर्माणमा असर परेको बताउनुभएको छ । यसका कारण अमेरिकी व्यवसायिक सुरक्षामा समेत प्रभाव परेको रोसको दावी छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सवारी साधन (कार)मा थप २५ प्रतिशत दण्डजन्य करवृद्धिको घोषणा शनिबारसम्ममा गर्ने सिमारेखा तय गरेपछि अमेरिकासँग व्यवसायिक सहकार्य गर्दै आएको खासगरी यूरोपेली संघ (इयू) तथा जापान, मेक्सिको र क्यानडाले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले बदलामा अमेरिका निर्यात हुने मोटरसाइकल, सुन्तलाको रस, ह्वीस्की र नीलो जीन्स कपडामा भारी करवृद्धिको घोषणा गरिसकेका थिए । सवारी साधनको कारोबारमा विदेशी अस्वस्थ प्रतिस्पर्धाका कारण अमेरिकी गाडी कम्पनी क्षेत्रमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसमेत दावी गर्नुभएको छ । अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसद्वारा जारी प्रतिवेदनमा उहाँले अमेरिकाको शेयर बजार खुम्चिनुमा गाडीको कारोबारमा देखिएको हलचल जिम्मेवार रहेको र यसका कारण अमेरिकी सवारीसाधनको बजार अनुसन्धान, विकास र निर्माणमा असर परेको बताउनुभएको छ । यसका कारण अमेरिकी व्यवसायिक सुरक्षामा समेत प्रभाव परेको रोसको दावी छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई