फ्रान्सले हुवावेलाई प्रतिवन्ध नलगाउने


फ्रान्सले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ ।

पेरिसमा प्रबिधिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“हाम्रो उद्देश्य हुवावे वा अन्य कुनै कम्पनीलाई गतिविधि विस्तारमा रोक लगाउने होइन । हाम्रो राष्ट्रिय सुरक्षा र यूरोपेली सार्वभौमसत्ता जोगाउने प्रयास रहनेछ तर मेरो विचारमा प्रबिधि वा व्यापार युद्ध सही होइन ।”

राष्ट्रपति म्याक्रोँले भिभा टेक नामक प्रबिधि सम्मेलनमा सम्बोधनका क्रममा बताउनुभयो, “पहिलो कुरा कसैको राष्ट्रिय सुरक्षाको पक्षमा कुनै प्रविधिको विस्तार नै रोक्ने तरिका ठीक होइन । हामीलाई यो आवश्यक छैन । दोस्रो आफ्नै प्रविधिको विकास तथा विश्व सहकार्यले तनावलाई कम गर्न सकिन्छ ।” फ्रान्स र यूरोपको ‘व्यवहारिक तथा वास्तविक धारणा’को पक्षपोषण गर्दै फ्रान्सका राष्ट्रपतिले भन्नुभयो, ”फ्रान्सले रोजगारी सिर्जनाका लागि सहकार्य र बहुपक्षीयतामा विश्वास गर्ने र यसबाट व्यापार विस्तार र नयाँ प्रबिधिको आविस्कार गर्ने कुरामा विश्वास गर्छ ।” उहाँले भन्नुभयो, “यस्तै फाइभ जीका सन्दर्भमा पनि हामीले विशेष ध्यानसहित विदेशी प्रबिधि र नेटवर्कको विस्तारलाई स्वागत गर्छौँ । तर यसो गर्दा राष्ट्रिय सुरक्षा पहिलो शर्त हुनेछ ।”

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई