वैवाहिक जीवनको २५औँ वर्ष पार गरेका उपलक्ष्यमा वृद्धाश्रमलाई सहयोग


 

वैवाहिक जीवनको २५औँ वर्ष पार गरेका उपलक्ष्यमा एक दम्पतीले पोखरा महानगरपालिका– १७ सीतापाइलास्थित वृद्धाश्रममा खाद्यान्न एवं नगद सहयोग गरेको छ ।

हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उहाँकी श्रीमती देवीले पोखरा वृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग गर्नुभएको हो ।

वैवाहिक वर्षगाँठका नाममा अनावश्यक खर्च गरी भड्किलो बनाउने प्रचलन बढिरहेको वर्तमान अवस्थामा बस्नेत दम्पतीले रु १० हजार मूल्य बराबरका खाद्यान्न तथा नगद आज वृद्धाश्रममा पुगेर अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गरेको हो ।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले मानवीय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको र हाल ५५ जना आबद्ध रहेको जानकारी दिनुभयो । प्रत्येक वर्ष दुवै जनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित हुँदै आएको छ । आप्mना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गरिने बस्नेत जोडीको योजना छ । विसं २०५२ मा आश्रम स्थापना गरी जनस्तरबाट सञ्चालन हुँदै आएको छ ।RSS

प्रतिक्रिया दिनुहोस