नेकपा प्रभावशाली नेता तथा मुख्यमन्त्री पोखरेलको यस्तो आयो स्टाटस


काठमाडौँ, ७ मङ्सिर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रभावशाली नेता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटीका सदस्य शंकर पोखरेलले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बिरुद्ध नारावाजी आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ताले नारावाजी गरेपछी पोखरेलको आज बिहान स्टाटस आएको हो ।

विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी र सरकारले गरेका एेतिहासिक कामको चर्चा नै नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध लान्छनाका शब्दहरु प्रयोग गरेकाले कार्यकर्ताले नारावाजी गरेको थिए ।

मुख्यमन्त्री पोखरेलले जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरुहुन्छ भन्नुभएको छ ।

हेर्नुस मुख्यमन्त्री पोखरेलको स्टाटस

प्रतिक्रिया दिनुहोस