‘मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्छ’- नेता गच्छेदार


नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सञ्चारमाध्यमले के लेख्ने के नलेख्ने भन्नेबारे विचार पुर्‍याउनुपर्ने बताउनुभयो । सरकारले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउन नहुने गच्छदारले बताउनुभयो । काङ्ग्रेस संसदीय दलका उपनेतासमेत रहनुभएका गच्छदारले प्रतिपक्षी दलको हैसियतले काङ्ग्रेस प्रेस जगतको अधिकारमाथि प्रहार एवं कुण्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गर्नुभयो । उपसभापति गच्छदारले संसद्मा दर्ता गरिएको सुरक्षापरिषद् र मानव अधिकारसम्बन्धी विधेयकले लोकतान्त्रिक विधि, सङ्घीयता र संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले उक्त विधेयक सम्बन्धमा प्रतिपक्षसँग सल्लाह एवं सहमति गरी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेता गच्छदारले वर्तमान संविधान सबैको सहयोगमा निर्माण भएकाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने कार्यको निर्भरता सरकारमा रहेकाले लोकतान्त्रिक विधिबाट मुलुक सञ्चालनमा प्रतिपक्षको सदैव सहयोग रहनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई