प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक कुनै पनि हालतमा पारित हुन दिँदैनौं : सभापति देउवा


नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको छ भन्नुभयो । सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु काङ्ग्रेसले पारित हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ । जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।’’ सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने बताउनुभयो । पूर्व प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गर्नुभयो । सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र काङ्ग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई