मकै सस्तिएपछि कुखुराको दानाको मूल्य घट्यो


– कृष्ण आचार्य कुखुराको दानाको मूल्य घटेको छ । दाना उद्योगीको काठमाडौँमा सम्पन्न भेलाले प्रतिकेजी २ रुपैयाँ ५० पैसाका दरले मूल्य घटाउने निर्णय गरेको हो । दाना उत्पादनमा प्रयोग हुने मकैको मूल्य घटेकाले दानाको मूल्य घटाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो । कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतका कच्चा पदार्थ आवश्यक हुन्छ । करीब ८० देखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ । “भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भन्नुभयो, “सय प्रतिशत भटमास र पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।” नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “दानाको मूल्य घटेपछि किसानलाई धेरै राहत भएको छ”, पुरीले भन्नुभयो, “अझै मूल्य घट्नुपर्ने हो, तर त्यस अनुपातमा मकैको मूल्य घट्न सकेन ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ । उहाँले मकैको मूल्य केही घटे पनि भटमास, पिना र ढुटोको मूल्य झ्न महङ्गो भएको बताउनुभयो । भरतपुरका पोल्ट्री किसान धर्मबहादुर कार्कीले दानाको मूल्य घटेपछि केही राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “लागतअनुसार अझै अण्डाको मूल्य पाइएको छैन”, यस्तै अवस्था रहिरहे धेरै किसान विस्थापति हुने अवस्था छ ।” उहाँले राज्यले किसानलाई प्रोत्साहन गर्ने खालको योजना ल्याउन नसकेको धारणा राख्नुभयो । उहाँले किसानलाई ऋण सहुलियत दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । ब्रोइलर कुखुराको दाना (बीपीएच) किसान मूल्य प्रतिकिलो ६२ रुपैँया ५० पैसाबाट घटेर रु ६० पुगेको छ । यस्तै बिवान दाना ६१ रुपैयाँ ५० पैसाबाट घटेर रु ५९ पुगेको छ भने बिटु दाना रु ६० बाट घटेर ५७ रुपैयाँ ५० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ५२ रुपैयाँ ५० पैसाबाट घटेर रु ५० पुगेको छ । मकैको मूल्य रु ४५ बाट घटेर रु ३५ मा झरेको हो । यसले प्रतिबोरा दानाको मूल्य रु १२५ घटेको छ । नेपालमा मकैको उत्पादन वर्षेनी घट्दै गएको छ भने भारतमा निर्भर हुनुपर्ने बाध्यता छ । ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो पाइन्छ । गत वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको भन्दै उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले भन्नुभयो, “यसले पोल्ट्री क्षेत्रमा उतारचढाव भयो ।” दाना उद्योगमा सधैंँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईले बताउनुभयो । “भारतमा गत वर्ष मकैको मूल्य अकाशियो”, उहाँले भन्नुभयो, “विभिन्न देशमा निर्यात गर्ने भारतले आफैँ मकै आयात गर्नुपर्ने अवस्था आयो ।” सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताउनुभयो । अहिले कच्चा पदार्थको ५ प्रतिशतसम्म कर लाग्ने गरेको उहाँले बताउनुभयो । सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उद्योगी व्यवसायीले बताएका छन् । नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गत वर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी १०५ कुखुराको दाना उद्योग छन् । –––

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई