हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा जनतालाई ढाँट्न लगाएको होइन :उपप्रधानमन्त्री पोखरेल


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिको जग बसाइसकेको बताउनुभएको छ । ओखलढुङ्गाको रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाको सरकार गठनपछिको एक वर्ष सङ्घीयता कार्यान्वयन र आवश्यक कानून निर्माण गरेर जग बसाउने काम गरेको बताउनुभयो ।

“सरकारले अहिलेसम्ममा समृद्धिको जग बसाउने काम गरेको छ । अब समृद्धिको महल बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ”, उहाँले भन्नुभयो, “हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा जनतालाई ढाँट्न लगाएको होइन, जनतालाई सुखी र देशलाई धनी बनाउने अभियानमा जुट्न र सबै नेपालीलाई सम्पन्न बनाउन भनिएको हो ।” मन्त्री पोखरेलले जनतासँग गरेका वाचा पूरा गर्न सरकार तयार रहेको बताउनुभयो । निर्वाचनमा गरेका वाचाअनुसार अघि बढ्न र शिर झुकाएर जनतासँग परीक्षा दिन सरकार तयार रहेको उहाँको भनाइ छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई १ नम्बर बनाउन आफूहरु लागिपरेको बताउनुभयो । प्रदेशवासी नागरिकलाई घरघरमा सरकारको सेवा महसुस गराउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।

केन्द्र प्रदेश र स्थानीय सरकारको साझा लक्ष्य समृद्ध नेपालको रहेकाले यस अभियानमा जुट्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सङ्घीय सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो । प्रदेश नं १ कै नमूनाका रुपमा निर्माण गरिएको रुम्जाटार गुम्बाको आज भव्य समारोहकाबीच उद्घाटन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई