आइतबार सार्वजनिक बिदा


स्थानीय पर्वका लागि बनेपा नगरपालिका र पाँचखाल नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा तथा पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएका हुन् ।

बनेपाले समुदायको सहभागितालाई दृष्टिगत गरी चण्डेश्वरी जात्राका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताउनुभयो । शुक्रबार शुरु भएको चण्डेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ ।

पाँचखालले पनि देवी पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएको हो । जात्राका लागि नगरवासीलगायत मुलुकका विभिन्न क्षेत्रका समुदायको उपस्थिति रहने भएकाले आइतबार सार्वनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो । शुक्रबार शुरु भएको पलाञ्चोक जात्रा आइतबारसम्म चल्नेछ । #बिदा

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई