‘सेवा रोकेर चिकित्सकले बिरामीलाई दुःख दिन पाइन्न’- उपप्रधानमन्त्री यादव


भरतपुर, २४ चैत: उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताउनुभयो । “अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ”, उहाँले भन्नुभयो, “तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन् ।” समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उहाँको तर्क छ । “वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन”, उहाँले भन्नुभयो, “यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ।” आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उहाँले चिकित्सकलाई आग्रह गर्नुभयो । चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उहाँले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राख्नुभयो । चितवन मेडिकल कलेज फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “तोकेको शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानबिन हुन्छ ।” सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उहाँले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई