दुर्घटनामा बाबु–छोराको मृत्यु


मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ ।

नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए ।

राय बाबु–छोरा भैँसी चराएर घर फर्किदै गर्दा जीपले ठक्कर दिएको हो । लक्ष्मणको घटनास्थलमै मृत्यु भएको थियो भने उनका बाबु जैसीको उपचारको क्रममा हरिवनमा मृत्यु भएको हो । जीप चालक लालबन्दी नगरपालिका–७ का २० वर्षीय शिवनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –––

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई