पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्! भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट


काठमाडौँ, १२ मङ्सिर पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आज एक ट्वीट गर्दै पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनू भन्नु भएको छ ।

हेर्नुस भट्टराईको ट्वीट

पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्।नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्!

प्रतिक्रिया दिनुहोस