सरकारले गरेका राम्रा कामको प्रचार हुन पाएको छैन : पूर्वप्रधानमन्त्री नेपाल


काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताउनुभएको छ । उहाँले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताउनुभयो ।

संविधानसभाका पूर्वसभासाद् अनारकली मियाँको ‘संसद्मा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनुपर्ने बताउनुभयो । “सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित भएको छ”, उहाँले भन्नुभयो, “अब बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।” नेता नेपालले चुनावमा गरेका प्रतिबद्धता बजेटमार्फत सम्बोधन गर्न नसकिए सरकारप्रतिको विश्वास घट्दै जाने बताउनुभयो ।

उहाँले पार्टी एकताले पूर्णता पाइसकेको भन्दै अब केही दिनमै पोलिटब्यूरो गठन हुने बताउनुभयो । “मियाँ सिर्जनशील व्यक्ति हो”, उहाँले भन्नुभयो, “संविधानसभा र संविधान बनेपछिको रुपान्त्रित संसद्मा उहाँको भूमिका निकै प्रभावकारी रह्यो ।” नेता नेपालले समाजका लागि योगदान गरेका जो कोही व्यक्तिले पनि संस्मरण लेख्नुपर्ने बताउनुभयो । पुस्तकको टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले मियाँले सरल भाषामा आफ्नो जीवनको भोगाइको यथार्थ चित्रण गरेको बताउनुभयो ।

“पाण्डुलिपि हात परेको दिन म पूरै नपढी अरु काम गर्नै सकिन”, उहाँले भन्नुभयो, “पढ्दै जाँदा उहाँका शब्दले मलाई निकै छोयो ।” नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आफू जस्तै संसद्को अनुभव गर्न नपाएकालाई पुस्तकबाट केही कुरा सिक्ने अवसर मिल्ने बताउनुभयो । राष्ट्रियसभाका सदस्य रामनारायण विंडारीले मियाँले लेखेको पुस्तकले समाज परिवर्तनमा ठूलो योगदान पुर्‍याउने बताउनुभयो ।

पूर्वमन्त्री शान्ता मानवीले फितृसतात्मक समाजमा लेखकले हिन्दू ब्राह्मण जातिका व्यक्तिसँग विवाह गरेर त्रान्तिकारी महिलाको परिचय बनाएको बताउनुभयो । लेखक मियाँले पुस्तकमा बाल्यकाल, प्रेम सम्बन्ध, विवाह गर्दाका कठिनाइ, राजनीतिक जीवन र संसद्को भोगाइलाई जस्ताको जस्तै उतारेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई