वालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठ लामो ‘आरोप पत्र’ पेश गरे पछि नेकपाभित्रकाे विवाद अझ बढेकाे थियो । प्रचण्डले त्याे आराेपपत्रसहितका पत्र समेटेर विधि र प्रक्रियाविपरित किताब छापेर प्रदेश र जिल्ला तहमा पठाउनुभएकाे छ ।

यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने मङ्सिर ३ गतेको बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस