वालुवाटारमा नेकपा सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि पूर्व सभामुख ढुंगानाको यस्तो आयो ट्वीट
काठमाडौँ, १३ मङ्सिर नागरिक समाजका अगुवा तथा पूर्व सभामुख दमननाथ ढुंगानाले नेकपा सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि एक ट्वीट गर्दै पार्टीभित्रको मतभेद लम्ब्याएर सरकार नै निष्क्रिय बनाउन पाइन्न भन्नुभएको छ ।
उहाले सरकार नै निष्क्रिय बनाउने कार्यलाई जनता र मतदाताप्रति धोखा हो भन्नुभएको छ ।
हेर्नुस ट्वीट
पार्टीभित्रको मतभेद लम्ब्याएर सरकार नै निष्क्रिय बनाउन पाइन्न।यस्तो अवस्था जनता र मतदाताप्रति धोखा मानिन्छ।अहिलेको परिवर्तन नचाहनेहरू जुर्मुराइरहेछन्।अबका बैठकमा नेकपा बढी सचेत होस्– जनताले चाहेको ताजा तगडा सरकार हो, पार्टीको बासी झगडा होइन। अति भइसक्यो, यसभन्दा अति नहोस्!

— Daman Nath Dhungana (@daman_nath) November 28, 2020