तीन दशकसम्म नेतृत्व सम्हाल्नेले पदका लागि झगडा गर्नु उपयुक्त नहुने – प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले तिन दशकसम्म नेतृत्व सम्हालेका व्यक्तीले पदका लागि झगडा गर्नु उपयुक्त नहुने बताउनु भएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राख्नु भएको हो । पार्टीमा दुई नम्बर बरियताका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैली माथि प्रश्न गर्दै आरोप पत्र दायर गरेपछि प्रधानमन्त्री ओलीले उक्त आरोप पत्रको जवाफ दिन सचिवालय बैठक बसेको हो ।
साथै नेकपाको आगामी बैठकहरुमा सुशासन, स्थिरता र विकासका बारेमा छलफल गर्न समेत सचिवालय सदस्यलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस