प्रचण्डलाई ओलीको प्रश्न : नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, वर्ग उत्थान भएको जनताको टिप्पणी छ ,यस विषयमा अनुसन्धान गर्न म तयार छु ,तपाईं यसमा तयार हुनुहुन्छ ?


 

काठमाडौँ, १३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ? भन्ने प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गर्दै जवाफको बुँदा ३५ मा उक्त कुरा भन्नुभएको हो ।

नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस