तपाईंको यो हप्ता कस्तो ग्रहदशा चल्दैछ ? हेर्नुहोस् जेष्ठ ५ गते आइतवारदेखि ११ गते शनिवारसम्मको राशीफल


मेषः
साता सुधारोन्मूख देखिएको छ । रपनि आइत र सोमवार स्वास्थ्यमा मन्दता आउने छ । कार्यक्षेत्रमा पनि संघर्षको महसूसी हुनेछ । खर्च पनि बढेर जानेछ । तनाब र डरले मनमा डेरा जमाउने छ । खानपान एवं आत्मसंयम गर्न जरुरी छ । मंगलवारदेखि समयमा केही सुधार आउने छ । केही अपयशको बाबजुत भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । मानसम्मान मिल्नेछ, उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । मुल्याङ्कन बढ्दै जानेछ । राजनीति, समाजसेवा तथा जागिर आदिमा जिम्मेवारी तथा भूमिका मिल्ने छ । समयको सदुपयोग गरी स्वकर्मलाई समय दिएर उपलब्धि लिनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण एवं हनुमानदेव र माँ बगलामुखीको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

वृषः
साताको अन्तिम खण्ड उपलब्धिमूलक रहने छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा सम्भावना देखिने तर सफलता प्राप्त हुन अल्लि गाह्रो पर्नेछ । आउन पर्ने आर्थिक धन हातपार्न कठिन पर्ने छ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधारको लक्षण देखिएपनि अबरोध पनि आइहाल्ने संकेत छ । अबरोधको कारणको निवारण गर्नाले विपरित लिङ्गीको साथ मिल्ने छ । लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । मङ्गलवार पछि स्वास्थ्यमा मन्दि आउने छ । दीर्घरोगीले आहारविहारादिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ । गर्न खोजेको कामकार्यमा अबरोध आउनाले संघर्षको अनुभूति हुनेछ । चोटपटक आदिको भय देखिएकोले यात्रादिमा सावधानी अप्नाउनु उचित हुनेछ । बिहीवार मध्याह्नपछि बाट स्थिति सहज हुनेछ । सामान्य अपयशको बाबजुत काम कार्य एवं व्यवसायमा सुधार आउने छ । आस्तिक विचार बढ्ने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । प्रतिष्ठा बढ्ने एवं सामाजिक प्रभुत्व स्थापित हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायणको साथमा महावीर हनुमान, गुरु गणपति एवं भैरवदेवको भक्ति स्तुति तथा उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः
साता मिश्रित रहेको छ । शुरुका दिनमा शरीरिक आरोग्यता मिल्ने छ । अनुहारमा कान्ति बृद्धि हुनेछ । जोश जाँगर बढेर आउने छ । तर फुर्तिफार्ति बढी हुने तर अपेक्षित सफलता नमिल्ने भय देखिएको छ । सामान्य व्यवसायिक उन्नति एवं लाभ मिल्ने छ । मंगल र बुधवार रङ्गरास बढ्ने छ । रमाइलो यात्रा हुने संभावना छ । तर चोटपटक आदिको भय रहेकोले यात्रादिमा ख्याल पुर्याउनु पर्ला । अबरोधको बाबजुत पनि प्रेम तथा दाम्पत्य सम्बन्ध प्रगाढ बन्ने छ । कसैकसैलाई कपट प्रेमको पनि सम्भावना छ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट सामान्य लाभ गर्न सकिने छ । बिहीवार मध्याह्न पछि स्वास्थ्यमा समस्या देखिनसक्ने छ । दीर्घरोगीले बढी सावधान अप्नाउनु पर्ला भने अन्यले पनि आहार विहार आदिमा ख्याल पुर्याउनु होला । कामकार्य एवं जनव्यवहार आदि पनि सावधानीपूर्वक गर्नुपर्ला । कुनै अनर्थताको सम्भावनालाई गोचरग्रहले लक्षित गरिरहको छ, ख्याल गर्नुहोला । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः
साता सामान्य अनुकूल देखिएको छ । शुरका दिनमा आत्मप्रसंशाको चाहनाले अल्लि सताउनसक्ने छ । परपाउनाको स्वागत गर्न पाइने छ । लामो समयसम्म टाढा रहेको आफन्तिसँग भेट्घाट हुनसक्ने छ भने शुभ खबर आउनसक्ने छ । विद्यार्थी भाइबहिनीलाई अध्ययनमा सफलता मिल्ने छ । कामकार्यमा पनि प्रगति हुनेछ । मंगलवारबाट शारीरिक उमङ्ग बढ्नेछ, तर आँटेताकेजति सफलता प्राप्त गर्न ग्रहले अबरोध गरिरहेको अवस्था छ । विशेष काममा सफलताको लागि ग्रहउपचारजन्य उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । साताको अन्तिम खण्ड प्रेम एवं दाम्पत्य सम्बन्धमा प्रगाढता आउने छ । विवाह प्रसङ्ग चल्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । यात्राको हुने सम्भावना देखिएको छ । मानसम्मान एवं पदप्रतिष्ठा बढ्नेछ । तपाईलाई यो साता माँ इन्द्रायणी, गुरु गणपति र भैरवदेवको उपाशना गर्नु शुभदायक हुनेछ ।

सिंहः
साता मध्यम फलदायी रहेको छ । शुरुका दिनमा बढी चाहना गरेको काम नबने पनि क्रमशः स्थितिमा सुधार आउने छ । सहकर्मीसँग विचारविभेको भने भय देखिएको छ । सावधानी अप्नाउनु होला अन्यथा पछि पश्चाताप पर्न पनिसक्ने छ । मंगलवारबाट जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । अध्ययन अध्यापन तथा लेखन कर्मीहरुको लागि लाभ एवं सफलताकर उपयुक्त समय रहने छ । नीतिगत कार्यमा कुशलता मिल्ने छ । विद्याको बलले मान्छेलाई प्रभाव पार्न सकिने छ । सहयोगी मिल्ने छन् । आफन्तिजनको शुभसमाचार प्राप्त गर्न सकिने छ । व्यवसायिक उन्नति हुनेछ । पौरख बढेर आउने छ । यात्रा योजना तयार हुनेछ । व्यापार विजनेश बढ्नेछ । प्रेमक्षेत्रले सार्थकता प्राप्त गर्नेछ । तपाईले यो साता भगवान महावीर हनुमान र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः
साता मध्यम खालको देखिएको छ । शुरुका दिनमा कामकार्यमा कुशलता र पौरख बढ्न खोज्ने छ तर अबरोध आइपर्ने छ । ग्रह उपचारको उापय गरी अघि बढ्नाले शारीरिक एवं व्यवहारिक पुरुषार्थ गर्नसकिने छ । व्यवसायबाट आंशिक उन्नति हुनेछ । रोकिएर रहेका केही कामलाई अगाडि बढाउन सकिने छ । मंगल र बुधवार अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । आलोचनाको सामना गर्न पर्ने सम्भावना छ । आफ्नै मानसिक संकिर्णताले पनि दुःख दिने छ । बिहीवार मध्याह्नपछि समयको सदुपयोग गर्नाले विद्यार्थी भाइबहिनीलाई ज्ञानविज्ञान तथा अध्ययनमा सफलता प्राप्त हुनेछ । आत्मप्रशंसाको महत्त्वाकांक्षा पनि बढेर आउने छ । सन्तान पक्षबाट सन्तुष्टि मिल्ने छ । शत्रुमाथि विजयी भइने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्दै गर्नाले अशुभफललाई घटाउन र शुफफललाई बढाउन मद्दत हुनेछ ।

तुलाः
साता सामान्य अनुकूल रहने छ । शुरुमा भने मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने छ । धनधातु संचित गर्नसकिने छ । सामाजिक तथा परोपकारजन्य कार्यमा समय सहभागी हुन पाइने छ । मंगल र बुधवार शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढ्ने छ । तर अपेक्षित कार्यमा सफलता पाउन अल्लि कठिन पनि देखिएको छ । दैनिकी कामकार्य एवं व्यवसाय तथा पेशा आदिबाट भने सामान्य लाभ मिल्ने छ । विशेष काममा सफलताको लागि ग्रहउपचार जनित उपाय गर्नु उचित हुनेछ । बिहीवार पछि केही पारिवारिक समस्या थपिने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । स्वास्थ्यमा पनि प्रतिकूलता नआउला भन्न सकिन्न । वादविवादको सम्भावना पनि भएकोले जनव्यवहारमा ख्याल पुर्याउनु होला । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति र माँ इन्द्रायणीको आराधना गर्नु हितप्रद हुनेछ ।

वृश्चिकः
साता सुधारोन्मुख देखिन्छ । शुरुका दिनमा अपेक्षित केही कामकार्यमा सफलता पाउनसकिने छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । सामाजिक प्रतिष्ठा र मानसम्मान बढ्ने छ । लगानीको अवसर मिल्ने छ । मंगल र बुधवार बोलीव्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिन्छ । धनसंपत्तिको अपव्ययको पनि सम्भावना छ ख्याल गर्नुहोला । सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । बिहीवार पछि शारीरिक पराक्रम बढेर आउने छ । विशेष काकमकार्यमा सफलता मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रता हासिल गर्नसकिने छ । प्रतिष्ठा तथा प्रख्याति बढेर जानेछ । साथसहयोग पनि मिल्ने छ । समयको सदुपयोग भने गर्नुहोला । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको साथमा माँ इन्द्रायणीको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत हुनेछ ।

धनुः
साता मध्यम छ । शुरुका दिनमा अल्लि सावधानी अप्नाउनु पर्ने देखिएको छ । खर्च बढ्नसक्ने तथा मालसमान हराउन वा चोरी हुनसक्ने गोचरीय भय देखिएको छ, सावधानी अप्नाउनु होला । आकस्मिक एवं अप्रत्यासित लाभको पक्षभने सुरक्षित रहेको छ । मङ्गलवारबाट वातावरणीय एवं परिवेशजन्य स्थितिमा सुधार आएपछि आँटेताकेको काममा अबरोध सृजना हुनसक्ने छ । सामान्यतया दैनिकी व्यवसायिक उन्नति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ । बिहीवार मध्याह्नपछि क्रमशः बोलीव्यवहारमा अल्लि सावधानी अप्नाउनु पर्ला । वाकवृति हुनेहरुले विशेष ख्याल गर्नु होला नाता सम्बन्धको विषयमा पनि गुनासो सुन्नपर्ने छ । केही व्यवसायिक लाभ भने हुनेछ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव र गुरु गणपतिको साथमा माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः
साता शुरु र अन्तिम उपलब्धिमूलक छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चस्तरीय संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा यश तथा मान बढ्ने छ । जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा तथा पेशाकर्म फस्टाउने छ । साताको मध्यमा खर्चको योग परेको छ जसले गर्दा व्ययको मात्रा बढेर जाने छ । भने बढी चाहना गरेको काममा अबरोध आइपर्ने सम्भावना छ । खरिद गरिएको मानसमान पनि नक्कली पर्न सक्ने वा फसिनसक्ने सम्भावना छ ख्याल गर्नु होला । आफ्नै वा पारिवारिक कुनै सदस्यको स्वास्थ्यमा समस्या आइपर्नसक्ने छ । जनव्यवहारमा धैर्यधारण गर्नु तथा संयम अप्नाउनु उपयुक्त हुनेछ । बिहीवार पछिको समय अनुकूल रहने छ । स्थितिमा सुधार भएर आउने छ । शारीरिक एवं मानसिक उर्जा बढ्ने छ । विशेष काममा लगानी गर्न पाइने वा शेयर खरिदको अनुकूलता मिल्नसक्ने छ । कामकार्यमा सफलता मिल्ने छ । यो साता तपाईले भगवान सूर्यनारायण, पवनपुत्र महावीर हनुमान र भैरवदेवको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

कुम्भः
साता सामान्य अनुकूल रहने छ । शुरुमा केही अबरोधको बाबजुत व्यवसायिक तथा पेशागत कर्मक्षेत्रमा आंशिक सफलता मिल्ने छ । राजनीति तथा संगठनमा पदीय भूमिका र जागिर आदिमा विशेष जिम्मेवारी मिल्नसक्ने सम्भावना छ । आमनागरिकको हकमा उच्चवर्ग तथा व्यक्तित्त्वसँग संपर्क एवं संबन्ध जोडिने छ । कामकार्य आदिमा भरोसा एवं आश्वासन मिल्न सक्नेछ । अवसरको लाभ उठाउन कोसिस् गर्नु बुद्धिमानी हुनेछ । बुधवार पछिको समय भने अल्लि आशा अपेक्षा ठूलो हुने तर उपलब्धि सोँचेमुताविक नहुनपनि सक्ने छ । बढी चाहना गरेको काममा अबरोध सृजना हुनेछ । उद्योगधन्दा आदिबाट पनि अल्प लाभमा चित्त बुझाउनु पर्ने छ । साताको अन्तिम खण्ड अल्लि विपरित महसूस हुनसक्ने छ । आकस्मिक रुपमा खर्च बढ्ने छ । कामकार्य एवं स्वास्थ्य पनि प्रभाव देखिने छ । र पनि आकस्मिक लाभको पक्ष भने सुरक्षित रहेको देखिन्छ । यो साता तपाईले गुरुगणपति, भगवान सूर्यनारायण, भैरवदेव र माँ बगलामुखीको श्रद्धाभक्ति स्तुति गर्नाले अशुभफललाई कम गर्न र शुभफल बढाउन मद्दत मिल्नेछ ।

मीनः
साता आंशिक लाभ एवं फापकर देखिएको छ । स्वास्थ्यमा सुधार आउने छ । केही अपयश एवं दबाबको बाबजुत धार्मिक एवं सामाजिक कामकार्य सम्पादन गर्नसकिने छ । काम कार्यमा अग्रता मिल्ने छ । गोचर अबरोधको उपचारको उपाय अवलम्बन गरी अघि बढ्नाले उच्चतह तथा निकाय वा व्यक्ति विशेषसँग परिचय बढ्ने एवं संबन्ध स्थापित हुनेछ । मानसम्मान मिल्ने छ । अवसरलाई व्यवहारिक ढङ्गले सदुपयोग गर्न जाने तथा सम्झौता वा सर्तमा गएर समझदारी गर्नाले राजनीति, जागिर तथा समाज सेवा आदिमा उपलब्धि मिल्ने छ । साताको अन्त्यखण्डमा व्यवसायिक प्रगति हुने र उचित आम्दानी गर्नसकिने छ । जसले गर्दा आर्थिक भारलाई थेग्न केही राहत मिल्ने छ । साथसहयोग र पेशागत प्रतिष्ठा पनि बढ्ने छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव, गुरु गाणपतिको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः
जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।
साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई