गणतन्त्र कसैले चन्दा दिएको होइन : मन्त्री    हृदयेश त्रिपाठी


नागार्जुन, १५ मङ्सिर (रासस) ः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री    हृदयेश त्रिपाठीले नागार्जुन नगरपालिका–७ स्थित बतासेपाखामा निर्माण हुन लागेको १५ श्ययाको रामकोट आधारभूत अस्पतालको आज शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा आजको अभियानले ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । अस्पताल निर्माण सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उहाँले सबै स्थानीय तहले तोकिएको समयमै सफलतापूर्वक अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नआक्न आग्रह गर्दै उहाँले यसको विकल्प खोज्नु नेपाललाई पछाडि फर्काउने दुस्प्रयत्न भएको टिप्पणी गर्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै चन्दा, पुरस्कारमा स्थापना भएको होइन, यो दानदाताव्यबाट आएको पनि होइन, यसका लागि असङ्ख्य नागरिकले बलिदान दिएका छन्, हजारौँ घाइते भएका छन्, सङ्घीय लोकतान्त्रिक प्रणाली कमजोर नठाने हुन्छ ।”

प्रतिक्रिया दिनुहोस