मोदीको पार्टिले ३ सय भन्दा बढी सिट जित्ने ‘एक्जिट पोल’को भविष्यवाणी


काठमाडौँ -संसारको सबभन्दा ठूलो लोकतान्त्रिक देश मानिने भारतको लोकसभा चुनाव आइतवार साँझ सकिएको छ । भारतमा ११ अप्रिलदेखि १९ मेसम्म सात चरणमा मतदान भएको थियो । चुनाव सकिए लगत्तै भारतीय संचारमाध्यम र विभिन्न एजेन्सीहरूले नतिजाको भविष्यवाणी गरेका छन् । उक्त भविष्यवाणीलाई ‘एक्जिट पोल’ भन्ने गरिन्छ ।

एक्जिट पोलको नतिजाले २०१९ को लोकसभा चुनावमा पनि भारतीय जनता पार्टी (बीजेपी)को दबदबा रहने देखिएको छ । यसपटक पनि राहुल गान्धी नेतृत्वको कांग्रेसले बीजेपीलाई टक्कर दिन नसकेको एक्जिट पोलले देखाएको छ । रिपब्लिक र सी वोटरले गरेको संयुक्त सर्वेक्षणमा बीजेपी गठबन्धन ‘एनडीए’ले २ सय ८७ सीट जित्ने देखाएको छ भने कांग्रेस नेतृत्वको गठबन्धन ‘यूपीए’ले १ सय २८ र अन्य पार्टीहरूको १ सय २७ सीट आउने भविष्यवाणी गरेको छ ।

त्यस्तै ‘रिपब्लिक’ र ‘जनकी बात’ नामका एजेन्सीले गरेको संयुक्त सर्वेक्षणको भविष्यवाणीमा एनडीएले ३ सय ५ सीट जित्ने आंकलन गरेको छ भने यूपीएले १ सय २४ र अन्य पार्टीहरूले १ सय १३ सीट जित्ने आंकलन गरेको छ ।

टाइम्स नाऊ र वीएमआरले गरेको संयुक्त सर्वेक्षणमा एनडीए गठबन्धनले ३ सय ६, युपीए गठबन्धनले १ सय ४२ र अन्यले ९४ सीट जित्ने भविष्यवाणी गरेको छ भने ‘न्युज नेसन’ले गरेको सर्वेक्षणमा एनडीएले २ सय ८२ देखि २ सय ९० सीट जित्न सक्ने दाबी गरिएको छ । त्यस्तै युपीए गठबन्धनले १ सय १८ देखि १ सय २६ सीट र अन्यले १ सय ३० देखि १ सय ३८ सीट जित्न सक्ने आंकलन गरिएको छ ।

भारतमा ५ सय ४२ सिटमा मतदान भएको हो । २०१४ सालमा भएको निर्वाचनमा बीजेपीले २८२ सीट जितेको थियो भने कांग्रेसले जम्मा ४४ सिट जितेको थियो । २०१९ सालको निर्वाचनमा पनि कांग्रेसले नराम्रोसँग हार बेहोर्नुपर्ने भविष्यवाणी भइरहेका छन् । लोकान्तरनबाट

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई