मिडिया काउन्सिल विधेयकलाई लिएर पत्रकारहरु विभाजित


काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको अहिले सर्वव्यापी रूपमा चर्चा भइरहेको छ। लोकतन्त्रमा प्रेस नियन्त्रित कानून स्वीकार्य नहुने भन्दै एकथरी आलोचनामा उत्रिएका छन् भने अर्काथरि विधेयकको समर्थनमा देखा परेका छन। विधेयकको पक्ष र विपक्षमा पत्रकारहरु विभाजित पनि भइरहेका छन।

नेपाल पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्य नेकपा निकट भएपनि उनले नैतिकताका आधारमा आन्दोलनको नेतृत्व गरि रहँदा कांग्रेस निकट महासचिव रमेश बिष्ट भने जेठ ५ गते आइतबार बेलायत हानिएका छन। त्यसैगरी प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल समेत विष्टको पछि लागेर बेलायततिरै लागेका हुन् ।

काग्रेसले सहडदेखि सदनसम्म मिडिया विधेयक फिर्ता गर्न दबाब दिने बताइरहँदा बिष्ट र सिग्देल बेलायत जानुलाई भने महासंघ युनियनका पत्रकारहरुले गम्भीर रुपले लिएका छन। महासंघ र युनियनका नेताहरू बेलायततिर लागेकाले पत्रकार महासंघले घोषणा गरेको आन्दोलनको औचित्य नरहेको पुष्टि भएको छ ।

उनीहरू विशेष कामले नभइ एक विवादास्पद एनआरएनएको अनलाइनको वार्षिकोत्सव भन्दै उनकै प्रायोजनमा बेलायत हानिएका हुन् । उनीहरू १० दिनपछि फर्कने कार्यक्रम छ। यही बीचमा प्रेस युनियनको २८ औं वार्षिकोत्सव पर्छ । जेठ १३ गते पर्ने युनियनको वार्षिकोत्सवलाई समेत नदरअन्दाज गर्दै सिग्देल विदेश उडेपछि युनियनभित्र भाँडभैलो मच्चिएको युनियन स्रोतले बताउछ ।

स्रोत भन्छ , विष्ट र सिग्देलले आन्दोलनको औचित्य नदेखेर विदेश भ्रमणमा निस्किएका हुन, युनियन पनि मिडिया काउन्सिल विधेयकको विरोध गर्दै आन्दोलनमा थियो । तर युनियनका पत्रकारहरूले प्रस्तुत विधेयकका बारेमा आन्दोलन गर्नैपर्ने आवश्यकता नदेखेकाले आन्दोलन रोकियो । जिल्ला सदरमुकाम घेराउ , संसद घेराउलगायतका कार्यक्रम पनि थिए । तर त्यो महासंघ महासचिव विष्ट र युनियनका अध्यक्ष सिग्देलले नै आन्दोलन गर्नुपर्ने कारण नदेखेर हिंडेपछि आन्दोलन रोकियो ।

यूनियनका एक पदाधिकारीले भने “आन्दोलनलाई सशक्त बनाउने भनिरहेका थियौ एकाएक महासंघका महासचिवले फोन गरेर महासंघ कै आन्दोलन उत्साहजनक छैन फेरि किन युनियनले छुट्टै कार्यक्रम गर्नुपर्यो भनेपछि सिग्देलले पनि हुन्छ भने । खासमा यो त देखावटी रहेछ । उनीहरूको पहिले नै बेलायत जाने प्लान भइरहेको रहेछ।” यसरी संगठनका शिर्षनेता आन्दोलनलाई नजर अन्दाज गर्दै हिंडेपछि भने सशकित हुनु पर्ने देखिएको युनियनकै पदाधिकारीहरूको भनाइ छ । (स्रोत-साँघु साप्ताहिक)

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई