महासचिव पाैडेललाई केक खुवाएर सुरू भयाे सचिवालय बैठक


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरू भएको छ ।

बैठक शुरूमै महासचिव विष्णुप्रसाद पाैडेलको जन्मदिनकाे अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”, उपप्रधानमन्त्री ईश्वर पाेखरेल र वरिष्ठ नेताहरूले केक काटेर खुवाई सफल जीवनकाे शुभकामना व्यक्त गर्नुभएको थियो ।

Image

आजको बैठकमा प्रधानमन्त्री जवाफी प्रस्तावमाथि कार्यकारी अध्यक्ष प्रचण्डको पुरक जवाफ पेश गर्ने र त्यसैमा सचिवालय सदस्यहरुले छलफलमा भाग लिने बताइएको छ ।

Image

प्रतिक्रिया दिनुहोस