महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन पेश


प्रतिनिधिसभाको आजको बैठकमा “महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन, २०७५” पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो । त्यसैगरी मन्त्री ढकालले “नेपाल सरकारको आर्थिक वर्ष २०७४-७५ को सुशासन प्रतिवेदन” र “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४-७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन” पेश गर्नुभयो । बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष (आव) ०७६-७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५-७६ पेश गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई