भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा


१८ मङ्सिर (रासस÷एएनआई) ः भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिनु भएको हो ।

उहाँले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताउनु भएको छ । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उहाँले पार्टी खोल्ने र निर्वाचनमा जाने बताउनु भएको हो ।

“हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,” उहाँले भन्नुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उहाँले धेरैसँग परामर्श गर्नु भएको थियो । “मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,” उहाँले भन्नु भएको छ ।

आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गर्नुभयो । तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस  
‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा   

संयुक्त राष्ट्रसङ्घ, १६ साउन (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने   

वासिङटन, १५ साउन (रासस÷एएफपी) ः अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकू मारिए   

मैमाना, अफगानिस्तान १४ साउन (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई