नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगी एकता भङ्ग हुने आकलन भईरहेको बेला नेता ईश्वर पोखरेलको मध्यरातमा आयो यस्तो ट्विट
काठमाडौँ, १९ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य , उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिजो मध्यराति सामाजिक सन्जाल ट्विटरबाट ट्विट गर्दै नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ – शंकटको मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ भन्नुभएको छ ।
नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगी एकता भङ्ग हुने आकलन भई रहेको बेला पोखरेलको आशा देखाउने ट्विट आएको हो ।
पोखरेलको ट्विट
नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ – शंकटको मध्यरातपछि बिहानी प्राम्भ हुन्छ !
— Ishwar Pokhrel (@IshwarPokhrel) December 3, 2020